सेवाग्राही कर्जा
नेपाल बैंक लिमिटेडसँग ब्यबसायिक कारोबार(संस्थागत निक्षेप वा कर्जा कारोबार) गरिरहेका संस्थामा कार्यरत कर्मचारीहरुलाई कर्मचारीको ब्यक्तिगत÷ घरायसी प्रयोजनको लागि सम्बन्धित संस्थासंगको
कर्जाको अबधी:
- सेवाग्राही अधिबिकर्ष कर्जाकोअबधी १ बर्ष हुनेछ ।
- सेवाग्राही आबधिक कर्जाको अबधी बढीमा ५ बर्ष वा अवकाश उमेर मध्ये जुन कम हुन्छ सो अवधीसम्म ।
कर्जा पाउन योग्य ग्राहकः कर्जा पाउनको लागि योग्यताहरु
- ऋणि ग्राहक, जमानीकर्ता तथा सम्बन्धित ब्यक्तिहरु नेपाली नागरिक हुनुपर्नेछ ।
- ऋणि ग्राहक कर्जा सुरुवात हुँदा २१ बर्ष पुरा भएको र कर्जा चुक्ता हुँदाको बखत सेवा अवधी ननाघेको हुनुपर्नेछ ।
- फर्म वा कम्पनीको नाउँमा कर्जा प्रवाह गरिने छैन ।
- सम्बन्धित संस्था र यस बैंक बीच सम्झौता गरी संस्थाको सिफारिसमा यो कर्जा प्रदान गर्न सकिनेछ । साथै कर्मचारीको तलबी खाता यसै बैंकमा रहेको हुनुपर्नेछ ।
- ऋणि ग्राहकले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिएको हुनुपर्नेछ ।
- कर्मचारी कम्तीमा ३ बर्ष देखी सो संस्थामा कार्यरत रहेको हुनुपर्नेछ ।
- यो कर्जा बहालबाला कर्मचारीहरुको नाममा रहनेछ ।
- सेवामा रहेको अबधी, बाकी अबधी र बहालबाला कर्मचारी भएको प्रमाणित कागजात पेश गर्नु पर्नेछ ।
- कर्जाको सीमा ४ बर्षको तलब बराबर वा १५ लाख मध्ये जुन कम हुन आउछ त्यो बराबर हुनेछ ।
पेश गर्नुपर्ने कागजातहरुः
१. व्यक्तिगत बिवरणसँग सम्बन्धीत कागजातहरुः
- कर्जा ग्राहक र जमानीकर्ताको नागरिकता/व्यक्तिगत परिचय खुल्ने कागजात ।
- कर्जा ग्राहक र जमानीकर्ताको फोटो ।
- स्थानिय निकायबाट जारी पारिवारिक बिवरण ।
- एकाघर परिवारका सदस्यहरुको ब्यक्तिगत जमानी लिनुपर्नेछ जमानी दिने ब्यक्ति हाल कालो सुचिमा समावेश नभएको हुनुपर्नेछ ।
२. धितोसँग सम्बन्धीत कागजातहरुः
- यो कर्जा संस्थाको सिफारिसमा बैंक र संस्थाको बिचमा सम्झौता गरि प्रदान गरिने ।
- कर्जा उपभोग गर्ने कर्मचारीले आफ्नो वा एकाघर परिवारको हकभोगमा रही अन्य कसैको हक नलाग्ने चल अचल सम्पत्तिको स्वघोषणा गर्नपर्नेछ ।
३. आम्दानीसँग सम्बन्धीत कागजातहरुः
- तलब प्रमाणित पत्र र खाता कारोबार बिबरण ।
- नियूत्ति पत्र ।
- कर चुक्ता/दाखिला प्रमाणपत्र ।